Comments Add Comment

ल्होछार पर्वको पूर्वसन्ध्यामा ठोरीमा बौद्ध धर्मसम्बन्धी प्रवचन हुने

७ माघ, काठमाडौं । २८५६ औं सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिका ५ ठूलो बागमोर्चामा बौद्ध धर्मसम्बन्धी प्रवचन कार्यक्रम हुने भएको छ ।

माघ ८ र ९ गते हुने कार्यक्रममा काठमाडौंस्थित बौद्ध गुम्बाका प्रमुख अवतारी धर्म गुरु बज्र लामा र कर्मा गोम्छेन योगी (नाग्पा)ले प्रवचन दिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहेका प्रताप पाख्रीनले जानकारी दिए ।

छार मेहेन्दो युवा क्लव र नेपाल तामाङ घेदुङ वडा समितिको आयोजनामा हुन लागेको कार्यक्रममा लामा गुरुहरुले बौद्ध धर्मसम्बन्धी प्रवचन तथा सेरग्यामका साथै सहभागीहलाई वाङ (आर्शिवाद) दिने पाख्रीनले बताए ।

तामाङ समूदायको महान पर्व ल्होछार आगामी माघ ११ गते परेको छ । फाग ल्हो अर्थात बँदेल वर्गलाई विदाई गरी जीवा ल्हो अर्थात मुसा वर्गलाई स्वागत गर्दै तामाङहरुले सोनाम ल्होछार मनाउन लागेका हुन् ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका तामाङ समूदायको बाहुल्य रहेको गाउँपालिका हो । ल्होछार पर्वलाई यहाँका तामाङहरुले धार्मिक तथा सांस्कृतिक उत्सवको रुपमा मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment