Comments Add Comment

प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा राधेश्याम पासवान निर्वाचित

९ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा उनले समाजवादी पार्टीका रामप्रित पासवानलाई हराउँदै निर्वाचित भएका हुन् ।

राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाए । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग चुनावी तालमेल गरेको थियो भने समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment