+
+
Shares

किसानले रोके उखुको पैसा नदिने अन्नपूर्ण मिलको चिनी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ११ गते १४:०९

११ माघ, काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् ।

उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे ।

उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ । १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा अवरोध भएको हो । जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए ।

जिसीकाअनुसार चिनी लैजान नदिन सडकमा स्थानीयले खाल्डो खनेका छन् ।

उनीहरुले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढंुगा समेत हानिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?