+
+
Shares

दुर्गाबहादुरलाई मुख्यमन्त्रीले दिए नक्कली दाँत

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १५:१५

१२ माघ, विराटनगर । मुख्यन्त्री शेरधन राईले भोजपुरको आमचोक गाउँपालिकाका दुर्गाबहादुर रानामगरलाई नक्कली दाँत लगाइदिएका छन् ।

प्रदेश सरकारले अघि सारेको ‘ज्येष्ठ नागरिक दन्त मुस्कान अभियान अन्तरगत मुख्यमन्त्री राईले ७२ वषिर्य रानालाई दाँत उपहार दिएका हुन् ।

प्रदेश सरकारले दाँत झरेका ज्येष्ठ नागरिकलाई नक्कली दाँत उपहार दिने योजना अघि सारेको छ । सोही योजनाको सुरुवातका क्रममा मुख्यमन्त्री शेरधन राईले जन्मथलो आमचोक गाउँपालिकाका ज्येष्ठ नागरिकलाई दाँत लगाइदिएका हुन् ।

दन्त उपहार अभियानको सुरुआतका लागि मुख्यमन्त्रीसँगै पुगेका सामाजिक विकासमन्त्री जीवन घिमिरेले मदन राईलाई दाँत लगाइदिए । आमचोक गाउँपालिका अध्यक्ष अशोक राईल दक्षीमाया राईलाई दाँत उपहार दिएका थिए ।

बृद्धबृद्धा अवस्था पुगेर दाँत झरिसकेपछि दैनिक जीवनमा हुने कठाइबाट जोगाउन सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमको अवधारणा अगाडि सारेको सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

चालु आर्थिक वर्षमा प्रदेशका ३० स्थानीय तहका ज्येष्ठ नागरिकलाई दाँत लगाउने योजना रहेको उनले बताए ।

ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, मानसिक समस्यामा परेका नागरिकको संरक्षण सरकारले गर्ने गरी कार्यक्रमहरु अगाडि बढाएको बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?