+

ए डिभिजन लिगमा पुलिससँग एपीएफ पराजित

२०७६ माघ  १३ गते १४:५८ २०७६ माघ १३ गते १४:५८
ए डिभिजन लिगमा पुलिससँग एपीएफ पराजित

काठमाडौं । भोला सिलवालको एक मात्र गोलको मद्दतमा नेपाल पुलिसले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफलाई पराजित गरेको छ । सोमबार भएका खेलमा पुलिसले एपीएफलाई १-० ले पराजित गरेको हो ।

१३औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । एपीएफका राजन गुरुङले भरत शाहलाई पेनाल्टी एरियामा फाउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो ।

खेलमा एपीएफले पनि गोलको अवसर बनाएको थियो तर गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । इन्जुरी टाइममा एपीएफका राजीव लोप्चनको प्रहार पुलिसका गोलकिपर रोसन खड्काले बचाएका थिए ।

खेलपछि रेफ्रिसँग विवाद गरेका एपीएफका सुदीप सिख्राकारले रातो कार्ड पाएका थिए । जितपछि ९ खेलबाट १४ अंक जोड्दै पुलिस अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले आज फरक रणनीतिमा खेल्दै सुरुमै गोल गरेकोले जित हात पार्न सफल भएको बताए ।

एक गोलको अग्रता लिदा दोस्रो हाफमा दबाबमा परेकोले डिफेन्सिभ खेलेको थापाले बताए । यस्तै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पुलिसविद्ध एपीएफले राम्रो खेलेको बताए । तर सुरुमै गोल खाएकोले पराजित भएको बताए ।

रेफ्रीले ५०-५० को निर्णय गर्नुपर्ने भन्दै दोस्रो हाफमा पेनाल्टी पाउनुपर्ने भए पनि नपाएकोमा उनले असन्तुष्टि राखे । हारपछि अब एपीएफको लक्ष्य माथि जाने भन्दा रेलिगेसन जोगाउनेतर्फ रहेको बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय