 
																			१३ माघ, बुटवल । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सिके राउतले नेपालमा रहेका राजनैतिक दलहरुको म्याद गुज्रिएको टिप्पणी गरेका छन् ।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायतलाई म्याद गुज्रेको औषधिसँग तुलना गरे ।
जनमत पार्टी रुपन्देहीले भैरहवामा आयोजना गरेको आमसभामा बोल्दै उनले यस्ता म्याद गुज्रेका पार्टीले राम्रो गर्ने भन्दा पनि अब ‘रिएक्सन’ ज्यादा गर्ने बताए ।
मधेश आन्दोलनको दौरान रुपन्देहीको बेथरी, बेलहिया लगायतका क्षेत्रमा मारिएका शहीदहरुका स्मरणमा भैरहवामा आयोजित सभामा बोल्दै उनले जनताको भरोसकाको रुपमा अब एक मात्र जनमत पार्टी रहेको कारण अहिलेदेखि नै यो पार्टीमा लाग्न अनुरोध गरे ।
जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रबाट आएका स्थानीयहरुलाई सम्बोधन गर्दै उनले मधेश आन्दोलनमा मारिएका मधेसी शहीद र आम मधेशी जनताको मूख्यहरु अहिले पनि पूरा नभएको बताउँदै राउतले अहिलेको मधेशी पार्टीले शहीदहरुको बलिदानको मोलतोल गरेको आरोप लगाए ।
जनमत पार्टीका केन्द्रीयस्तरका नेताहरुको ब्यापक सहभागिता रहेको सभामा राउतसँगै पार्टीका प्रवक्ता अब्दुल खाँन, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक भोपेन्द्र यादवलगायतले बोल्दै जनमत पार्टीले नागरिकको अपेक्षा पूरा गर्ने दाबी गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4