Comments Add Comment

महानगरले बनायो चार सहिदको पूर्णकदका शालिक

१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहिदहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक निर्माण गरेको छ ।

महानगरपालिकालेउनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको शालिक निर्माण गरेको हो ।

गत वर्ष काठमाडौँ महानगरपालिकाले नम्बर–१२ टेकुमा शहीद शुक्रराज शास्त्रीको शालिक निर्माण गरेको थियो । शास्त्रीलाई त्यहि खरीको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

त्यसैगरी माघ १३ गते वडा नम्बर– ७ सिफलस्थित धर्मभक्त माथेमालाई झुण्ड्याएरै मृत्युदण्ड दिइएको स्थानमा उनको सम्झनामा शालिक अनावरण गरेको थियो ।

आज अर्थात माघ १५ गते शहीदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानेर हत्या गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभासँगै उनीहरुको शालिक अनावरण गरिएको छ ।

सहिद सप्ताहको तेश्रो दिन बुधबार आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले शहीदलाई सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले उनीहरुलाई हत्या गरेको स्थानमा उनीहरुको पूर्ण कदको शालिक निर्माण गरेको बताए ।

मेयर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको आहुती दिने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने पनि बताए । ‘हामीले आजै मात्रै पनि गंगालालको नाममा स्थापना भएको गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता गरेका छौं ।

संघीय सांसद सदस्य जीवनराम श्रेष्ठले पनि शहीदहरुको सम्झनामा महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरेर निकै उदाहरणीय काम गरेको बताए । उनले शहीद सप्ताह मनाउँदै उर्दा उनीहरुको योगदानको पनि कदर गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment