Comments Add Comment

लुम्बिनी खुकुरी विजयी, शंकरनगर डिभिजन ‘बी’ मा घटुवा

१५ माघ, बुटवल । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बुधबार सम्पन्न ग्रुप ए अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया विजयी भएको छ । लुम्बिनी खुकुरीले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई २५३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । बुधबार भएको खेलमा पराजय भएसँगै शंकरनगर क्रिकेट क्लब डिभिजन ‘बी’ मा घटुवा भएको छ ।

निर्धारित ४६ ओभरको खेलमा टस जितेर व्याटिङ गरेको लुम्बिनी खुकुरीले ४६ ओभरमा ७ विकेट गुमाउँदै ३०८ रनको योगफल बनायो । उसका लागि शंकर रानाले १७४, अन्तिम थापाले २५, प्रज्जवल थापा र सन्दिप रजालीले समान १८/१८, मानबहादुर थापाले १४ र लाल बहादुर अधिकारीले १३ (नटआउट) रनको योगदान गरे । बलिङमा शंकरनगरका कमल ओली र नितेश थापाले २/२ तथा राजविर सिंह र जगत क्षेत्रीले १/१ विकेट लिए ।

जवाफमा शंकरनगरले  १७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५५ रन मात्र बनायो । उसका लागि राजविर सिंहले १६ तथा नरेश ठकुरी र अखिलेश यादवले ७/७ रनको योगदान गरे । बलिङमा लुम्बिनी खुकुरीका अजय कुमार लोनियाले ३, दुर्गेश गुप्ता र मान बहादुर थापाले २/२ तथा धिरज शाही, साहब आलम र लाल बहादुर अधिकारीले १/१ विकेट लिए । खेलमा लुम्बिनी खुकुरी क्लबका शंकर राना म्यान अफ द म्याच घोषित भए । बिहीबार ग्रुप डी अन्तर्गतको खेल शिवशक्ति क्रिकेट क्लब भैरहवा तथा बुटवल–११, बुटवलबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment