+
+
Shares

नेकपा केन्द्रीय कमिटी : प्रधानमन्त्री ओली बाँकी बैठकमा सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते २०:५५

१५ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा दुई घन्टा उद्घाटन मन्तव्य राखे । सरकारको कारबाही, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहसँगको निकटताबारे स्पष्टीकरण दिनमा खर्चिएका थिए ।

सम्बोधन सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहको बैठक स्थलबाट बाहिरिएका थिए ।

नेकपा उच्च स्रोतका अनुसार उनी अब बाँकी बैठकमा पनि सहभागी हुने छैनन् । उहाँको स्वास्थ्यले पनि साथ दिँदैन, त्यसैले बाँकी बैठकमा उहाँ सहभागी हुनुहुन्न’ एक नेताले भने ।

कतिपयले नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री नै सहभागी नभएपछि पार्टी एकताको लामो समयपछि बसेको बैठक औपचारिकतामा मात्र सिमित हुने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?