१६ माघ, काठमाडौं । प्रहरीले गैंडाको खागसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खब खत्री र दिनेश थापा रहेका छन् । पक्राउ परेका खत्री काठमाडौं महानगरपालिका-८ चावहिलका हुन् भने थापा बाजुराको बुढीगंगा नगरपालिका-६ का हुन् ।
२५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो ।
खत्री र थापाको शरीर र कोठा खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4