Comments Add Comment

वीरगञ्जमा भोलिदेखि गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता हुने

१७ माघ, वीरगञ्ज । वीरगञ्जमा भोलि शनिबार देखि प्रदेश स्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । गिरिजाप्रसाद फाउन्डेसन वीरगंजले आदर्शनगर रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक जीपी कोइराला फुटबल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष मोहम्मद शहावुद्दिनले जानकारी दिए । ‘फुटबलप्रति यस क्षेत्रको पुरानो आकर्षण फर्काउन र वीरगञ्जबाट राष्ट्रिय खेलाडी उत्पादनका लागि यो प्रतियोगिता गर्न लागेका हौं,’ उनले भने, ‘यसले युवाहरुको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकासमा समेत सकारात्मक भूमिका निर्वाह गर्छ ।’

वीरगञ्जमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने जानकारी दिए ।

करिब २८ लाख ८० हजारको लागतमा हुन लागेको प्रतियोगितामा प्रदेश २ का ८ वटा टिम सहभागी हुँदैछन् । उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

१६ सदस्यीय टिममा तीन जना राष्ट्रियस्तरका क्लबका खेलाडी र बाँकी १३ जना जिल्लाका स्थानीय खेलाडीलाई समेटिने छन् । नकआउट फुटबल प्रतियोगिता माघ २५ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment