+
+
Shares

मिलनको ‘गोर्खा वारियर’मा दया, प्रशान्त र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १६:०७

मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । प्रदिप भारद्धाजको लेखन रहेको यो चलचित्रलाई लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा बनाउन लागिएको हो ।

चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलो र केही हलिउड कलाकारको अभिनय रहने मिलनले जानकारी दिए । साथमा, यो चलचित्रमा नयाँ अनुहारको रुपमा रितेश चाम्सलाई देख्न पाइनेछ ।

यो चलचित्रमा ५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने जानकारी चाम्सले दिए । उनका अनुसार, सन् २०२१ मा रिलिज हुने यो चलचित्रको लण्डन विश्व प्रिमियरमा करिब १० हजार दर्शकलाई उपस्थित गराउने योजना लिइएको छ । यसका लागि चलचित्रको प्रचार लण्डनमा सुरु भैसकेको छ । लण्डनमा पहिलोपटक डबल टेकर बसमा यो चलचित्रको प्रचार सुरु भैसकेको छ ।

यो चलचित्रले विर गोर्खालीको कथालाई प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?