Comments Add Comment

कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ

१७ माघ, कैलाली । कैलालीमा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चेक जाँचका क्रममा धनगढी उपमहानगरपालीका-४ बाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का १९ वर्षीय विराट रावल, वडानम्बर ७ देवरीयाका फुलचन राना र अछाम मंगलसैन नगरपालिका-१ जुपुका २१ वर्षीय राजेन्ऽ रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment