Comments Add Comment

मौन बसेकी वर्षाले साइन गरिन् २ फिल्म

नायिका वर्षा राउत करिब ८ महिना मौन बसिन् । चलचित्रमा भन्दा उनको व्यस्तता म्यूजिक भिडियोमा नै देखियो । चलचित्र ‘जात्रै जात्रा’ रिलिज भएपछि वर्षाले अब आफू असफल चलचित्र सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइन् ।

तर, करिब ८ महिना मौन बसेकी वर्षाले अब भने २ चलचित्र लगातार साइन गरेकी छिन् । वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो चलचित्रमा नायक पल शाहले वर्षासँग रोमान्स गर्दैछिन् ।

उनै, वर्षाले निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेरा’ पनि साइन गरेकी छिन् । उनी यो चलचित्रमा नायकद्धय दयाहाङ राई र विपिन कार्कीको साथमा देखिदैछिन् ।

अब, अर्को बर्ष वर्षाका २ चलचित्र रिलिज हुने पक्का भएको छ । यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए ।

चलचित्र ‘जात्रै जात्रा’ हिट भएपछि असफल चलचित्र सहन नसक्ने भन्दै ८ महिना कुरेर नयाँ चलचित्रमा काम गर्न लागेकी वर्षाका लागि यो निर्णय सही होला या गलत, यसका लागि चलचित्र रिलिजसम्म कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment