Comments Add Comment

अमेजन मालिकले केही मिनेटमै कमाए ८ अर्ब डलर

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसका लागि बितेको हप्ता निकै सुखद् रह्यो । यसको कारण के भने बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप्न सफल भए ।

गत शुक्रबार मात्रै जेफ बेजोसले ८ अर्ब डलर आम्दानी गरे । अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले यति ठूलो रकम क्षणभरमै आम्दानी गरेका हुन् । शुक्रबार अमेजनको शेयर मूल्य प्रतिशेयर २ हजार डलर पुगेको थियो ।

बिहीबारमात्रै अमेजनले आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सार्वजनिक गरेको थियो । कम्पनीले विश्लेषकहरूको अनुमानलाई फेल खुवाउँदै उच्च मुनाफा आर्जन गर्न सफल भएको रिपोर्ट सार्वजनिक भएसँगै शुक्रबार अमेजनको शेयर मूल्यमा बढोत्तरी भएको हो ।

योसँगै अमेजन शुक्रबार पुनः १ ट्रिलियन डलरको कम्पनी बन्न सफल भयो । यसअघि सन् २०१८ मा अमेजन पहिलोपटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो ।

स्मरणरहोस् नम्वर वान अर्बपति बेजोसको कुल सम्पत्तिमध्ये अधिकांश हिस्सा अमेजनको शेयरकै रूपमा रहेको छ । उनको नाममा कम्पनीको ५ करोड ७५ लाख कित्ता शेयर छ, जुन कम्पनीको १२ प्रतिशत हो ।
यस अनुसार, शुक्रबार बेजोसको कुल सम्पत्ति १ खर्ब २४ अर्ब डलर पुगेको थियो जसमध्ये अमेजनको शेयरबापतको मूल्य १ खर्ब १५ अर्ब ६० करोड डलर थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment