Comments Add Comment

बालबच्चाका लागि बुवाआमा रोलमोडल बन्ने कि बोझ ?

कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिगि्रएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् । धनी एवं शक्तिशाली भएको देख्न चाहन्छन् ।

तर, आमाबुवाले यस्तो कामना गर्दागर्दैपनि कतिपय छोराछोरी खराब संगतमा लाग्छन् । कोही लागुऔषधको दूव्र्यसनमा फस्छन्, कोही चोरी-डकैतीमा लाग्छन् । कोही हत्या-हिंसामा उत्रन्छन्, कोही भ्रष्ट बन्न पुग्छन् ।

यसरी छोराछोरी खराब भएको देखेर आमाबुवाको भावनामा गहिरो ठेस लाग्छ । उनीहरु आफ्ना सन्तानप्रति दुःखी र चिन्तित हुन पुग्छन् । तर, हेक्का राख्नुपर्ने कुरा के भने बाबुआमाकै कारण पनि छोराछोरीमा यस किसिमको खराब प्रवृत्ति विकास हुन्छ ।

अक्सर झगडालु बुवाआमा छन् भन् बालबच्चाहरुले असुरक्षित महसुष गर्छन् । उनीहरु हतोत्साही र डरपोक हुन्छन् । विद्यालयमा साथीहरुसँग खुलेर बोल्न, हाँस्न सक्दैनन् । बुवाआमाको खराब सम्बन्धले छोराछोरीमा नराम्रो मानसिक असर पुग्छ ।

बुवाआमा अनुशासित छैनन् । सानो निहुँमा झगडा गरिरहन्छन् । मदिरापान गर्छन् । भड्किलो व्यवहार गर्छन् । यस्तो पृष्टभूमीमा हुर्किएका बालबच्चाहरुको मनोबल निकै कमजोर हुन्छ ।

कतिपय आमाबुवा बालबच्चासँग घुलमिल हुँदैनन् । वा बालबच्चालाई समय दिदैनन् । यस्ता आमाबुवाले हुर्काएका बालबच्चामा अटिज्मको शिकार हुने अध्ययनमा देखिएको छ ।

यसैगरी आमाबुबाको कडा व्यवहारले बच्चालाई सुधार्नुको सट्टा उनीहरुलाई बिगार्ने काम गर्छन् ।

यसको नतिजा स्वरुप अभिभावकहरुले बच्चाहरुको नराम्रो वचन र गलत बानी व्यवहारलाई झेल्नुपर्छ । जब आमाबुबाले आफ्नो बच्चासँग कडा रुपमा प्रस्तुत भएर किन, के जस्ता प्रश्न सोध्छन् तब बच्चाहरु हडबडाउँछन् हुन्छन् त्यस्तै उनीहरु झूटो बोल्ने बोल्न पनि बाध्य हुन्छन् ।

आमाबुबालाई लाग्न सक्छ बच्चाहरुसँग कडा रुपमा प्रस्तुत भएर उनीहरलाई हरेक कुरामा नियन्त्रण गरेर उनीहरुले आफ्नो बच्चाहरुको गलत बानी सुधारिहरेका छन् तर खासमा यस्तो हुँदैन ।

बच्चाहरुलाई गाली गर्ने र पिट्ने काम उनीहरुलाई गलत तरिकाले व्यवहार गरेको प्रमाण हो । जब बच्चाले कुनै पनि काम गर्छन् उनीहरु आफ्नो बुद्धिविवेक अनुसार गर्छन् ।

बच्चाहरुले गलत काम गरेमा वा गलत निर्णय गरेमा बच्चालाई पिट्नुको सट्टा उनीहरुलाई सहि र गलत बीचको फरक सम्झाउनुहोस् ।

बच्चाहरुलाई पिट्नाले उनीहरुको मस्तिस्कमा नराम्रो असर पर्छ र उनीहरु अर्को पटक गल्ती भएमा झुटो बोल्न सकछन् । यसैले हरेक आमाबुबाले आफ्नो यस्तो बानीलाई आजै बदल्नुहोस् ।

आमाबुबाले बच्चाहरुलाई हरेक कुरा थोपर्नु गलत बानी हो । बच्चाहरुबाट राम्रो संस्कार वा उनीहरुसँग कुने पनि खालको आशा गर्नुभन्दा पहिले आफ्नो नराम्रो बानीहरुलाई परिवर्तन गर्नु जरुरी छ ।

यसैले जुन चीज तपाईं आफ्नो बच्चाहरुबाट चाहनुहुन्छ पहिले तपाई त्यसलाई आँफै गरेर देखाउने कोसिस गर्नुहोस् । किनभने बच्चाहरुले त्यहि गर्छन् जो आफ्नो वरिपरि देख्छन् ।

यसको लागि पुस्तकहरुको साथमा केही समय बिताउने, राती अबेरसम्म टिभी नहेर्ने, सामानहरुलाई सहि स्थानमा, राख्ने बच्चाहरुको अगडि कहिल्यै पनि झगडा नगर्ने जस्ता केहि राम्रो बानीहरुलाई आफैमा विकसित गर्नुपर्छ । तपाईंको यस्तो परिवर्तनले साँच्चै नै काम गर्छ ।

आजभोजी शहरका धेरैजसो आमाबुबाहरु कार्यालयमा जाने हुनाले बच्चासँग औसतमा केही घन्टामात्रै गुजार्न पाउँछन् जुन बच्चाको सहि विकासको लागि पर्याप्त हुँदैन ।

बच्चा त्यहि गर्छन् जुन उनीहरुले सानैदेखि आफ्नो आमाबुबाले गर्दै आएको देखेका हुन्छन् । अर्थात बच्चाको लागि उनीहरुको आमाबुबा नै रोलमोडल हुन्छन् ।

आमाबुबालाई हरेक समय झगडा गरेको देख्नु, उनीहरुको बीचमा मनमुटाव हुनु र बच्चाहरुलाई पिट्ने आमाबुबाको सँग भएका बच्चा पछि झगडालु बन्न सक्छन् ।

घरमा हुने तनाव, झगडाको असर बच्चामा सबैभन्दा धेरै पर्छ । बच्चाहरु समयअगाडि नै वयस्क भएमा उनीहरुको सोच, उनीहरुको मानसिक स्तर, शैक्षिक र शारीरिक परिपक्वताको कारण उनीहरु कुराहरुलाई आधा र अधुरो ढंगले बुझ्छन् । यी सबैले उनीहरुमा नकरात्मक असर पर्छ ।

यसैले यदि तपाई आफ्नो बच्चामा अनुशासन, सहयोग, परोपकार र विनम्रता जस्ता गुण विकसित होस् भन्ने चाहनुहुन्छ भने यसको लागि उनीहरुलाई बारम्बार उपदेश दिनु व्यर्थ छ ।

यस्तो गरेमा बच्चाहरु दिक्क मान्छन् । सँधै यहि कुरा त भन्ने हो भनेर उनीहरु आफ्नो आमाबुबा को चेतावनीहरुलाई गम्भिरतापूर्वक सोच्ने कोसिस नै गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment