Comments Add Comment

नेपाली कांग्रेसद्वारा वडाध्यक्ष हत्याको विरोध

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाअध्यक्ष पदमबहादुर धामीको मृत्युको सत्य तथ्य छानबिन गर्न माग गरेको छ ।

बुधबार नेपाली कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको हो ।

जनताद्वारा निर्वाचित जनप्रतिनिधिको हत्या हुनु दुखद भन्दै कांग्रेस संसदीय दलले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु नसक्नु सरकार कमजोर रहेको यस घटनाले प्रष्ट पारेको छ ।’ कांग्रेसले यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिन तथा शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीको शव घरदेखि २ सय मिटर टाढा गोठमा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment