Comments Add Comment

सुन प्रतितोला ८ सयले घट्यो  

२२ माघ, काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९ सयमा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला रु ५ सयले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७ सय पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment