+

विश्वकप लिग २ मा आज ओमान र अमेरिका भिड्दै

२०७६ माघ  २३ गते ९:०४ २०७६ माघ २३ गते ९:०४
विश्वकप लिग २ मा आज ओमान र अमेरिका भिड्दै

२३ माघ, काठमाडौं । नेपालमा भइरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलोपटक नेपालमा भइरहेको सिरिजमा बुधवार घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको ओमानी टोली लयमा छ । अमरिका भने सिरिजको पहिलो खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आईसीसीले ओडीआई विश्वकपको लागि नयाँ रोडम्याप लागू गरेपछि यस्तो सिरिज गत अगष्टबाट सुरु भएको हो । ७ टोली सहभागी यस लिगमा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाललाई हराएपछि ओमान १० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । आजको खेलमा अमेरिकालाई पराजित गर्दै अंक बराबरी गर्ने अवसर ओमानलाई छ ।

सन् २०१० पछि अमेरिकन टोली पहिलोपटक नेपाल आएको हो । अमेरिकी कप्तान सौरभ नेत्रभालंकरले नेपाली मौसममा एडजस्ट हुन समय लाग्ने बताएका थिए । यद्यपि, अमेरिकाले मंगलवार नेपालसँग अभ्यास खेल खेलेको थियो । मूलपानीमा भएको खेलमा अमेरिकन टोली ७४ रनमा अलआउट हुँदै ३७ रनले पराजित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय