Comments Add Comment

युट्युबले एक वर्षमा कमायो १५ खर्ब रुपैयाँ

विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबको एक वर्षको आम्दानी नेपालको वार्षिक बजेटभन्दा पनि धेरै भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको छ ।

गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्टले यस्तो देखाएको हो ।

सुन्दर पिचाई गुगलको प्रमुखबाट अल्फाबेट कम्पनीको प्रमुख भएपश्चात् पहिलोपटक सार्वजनिक भएको उक्त रिपोर्टमा पहिलोपटक युट्युबको छुट्टै आम्दानीसमेत देखाइएको हो ।

सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्ट अनुसार सन् २०१९ मा युट्युबबाट गुगलले समग्रमा १५ अर्ब १५ करोड डलर रकम आम्दानी गर्न सफल भएको छ । त्यसमध्ये ४ अर्ब ७२ करोड डलर रकम चौथो त्रैमासिकमा मात्र गरेको आम्दानी हो । गत वर्ष सन् २०१८ मा युट्युबबाट ११ अर्ब १५ करोड डलर आम्दानी भएको थियो ।

युट्युबबाट भएको आम्दानी सन् २०१९ मा गुगलले गरेको कूल आम्दानीको १० प्रतिशत रकम हो ।

रिपोर्ट अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा युट्युबको विज्ञापनबाट हुने आम्दानीमा ३६ प्रतिशतले वृद्धि भएको छ । हाल युट्युब म्युजिक र युट्युब प्रिमियमका सशुल्क सब्सक्राइबरको संख्या २ करोड पुगेको छ । त्यस्तै, युट्युब टिभीका सशुल्क सब्सक्राइबरको संख्या २० लाख रहेको छ । युट्युबले यस्ता सशुल्क सब्सक्राइबरलगायतका गैर विज्ञापनिक क्षेत्रबाट कूल ३ अर्ब डलर आम्दानी गरेको छ ।

रिपोर्ट अनुसार, सन् २०१९ मा गुगलले कूल १ खर्ब ६१ अर्ब ८५ करोड डलर आम्दानी गरेको छ । त्यसमध्ये गुगल सर्चबाट भएको आम्दानी ९८ अर्ब ११ करोड डलर रहेको छ । त्यस्तै गुगल क्लाउडबाट सन् २०१९ मा ८ अर्ब ९१ करोड डलर आम्दानी गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment