+
+
Shares

सुदूरपश्चिमका ११ स्थानमा विमानस्थल सञ्चालन हुन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १६:५८

२५ माघ, कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका ११ स्थानमा विमानस्थल सञ्चालन हुने आश्वासन दिएका छन् ।

शनिबार धनगढीमा आयोजित धनगढी विमानस्थल गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा मन्त्री भट्टराईले प्रदेशका विभिन्न ११ स्थानमा विमानस्थल सुरु हुने बताएका हुन् ।‘कहीँ काम भइरहेको छ । कहीँ कामको तयारी भइरहेको छ,’ उनले भने, ‘हामी प्रदेशका ११ स्थानमा विमानस्थल सुरु गर्ने तयारीमा छौँ ।’

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा हाल धनगढी विमानस्थल मात्रै चालु अवस्थामा रहेको छ ।
मन्त्री भट्टराईले धनगढी विमानस्थल विस्तारसँगै तत्काल कञ्चनपुरको मझगाउँ र कैलालीको टीकापुरमा बन्द अवस्थामा रहेको विमानस्थल पनि सुचारु गर्ने आश्वासन दिए ।

‘धनगढीलाई हामी विस्तार गर्छाैं । टीकापुर र र मझगाउँमा बन्द रहेको विमानस्थल सुरु हुन्छ,’ उनले भने, ‘पहाडी जिल्लामा पनि अधिकांश ठाउँमा कालोपत्रेको काम भइरहेको छ ।’

धनगढी विमानस्थलको विस्तार(स्तरोन्नति) मन्त्रालयले २० वर्षे गुरु योजनातयार गरेको मन्त्री भट्टराईले जानकारी दिए ।

विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण लगायतका प्रक्रिया छिट्टै थालिने मन्त्री भट्टराईले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले सुदूरपश्चिम प्रदेशमा बन्द अवस्थामा रहेको सबै विमानस्थल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन मन्त्री समक्ष माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?