Comments Add Comment

के हो फेस रोलर ?

फेस रोलर एउटा त्यस्तो ब्यूटी टूल हो, जसले तपाईंको छालालाई जवान बनाउनुका साथै अनुहारको निखारतालाई अझ बढाउँछ । फेस रोलरको प्रयोग विभिन्न प्रकारका छालासंग सम्बन्धित समस्याहरुलाई हटाउनका लागि पनि गर्न थालिएको छ । यसलाई अनुहार, गर्दन तथा टाउकोमा मसाज गर्नका लागि उपयोग गरिन्छ ।

वास्तवमा रोलरको सहयोगले छालामा रगतको प्रवाह अझ उत्कृष्ट तरिकाले हुने बताइन्छ । उत्कृष्ट रक्त सञ्चारलका कारण अनुहारमा आउने डण्डिफोर तथा दानाजस्ता समस्याहरु पनि कम हुन सक्छन् ।

यसबाहेक फेस रोलरको प्रयोगले तपाईंले आफ्नै अनुहारमा तागजी समेत महसुस गर्न सक्नु हुनेछ । त्यहीं नियमित फेस मसाज गर्नाले अनुहारमा भएका दागहरु समेत हराएर जान्छन् र उमेरको प्रभाव देखाउने चाउरीपना समेत बिस्तारकै कम हुन थाल्छ । आज हामी तपाईंहरुलाई फेस रोलरको प्रयोगका बारेमा जानकारी दिँदैछौं ।

अनुहारमा फेस रोलर प्रयोग गर्नुको फाइदा

फेस रोलरले तपाईंले आफ्नो अनुहारमा मसाज गर्नु भयो भने छालासंग सम्बन्धि विभिन्न लाभहरु पाउने सक्नु हुनेछ । यसको प्रयोगले तनावलाई कम गर्न सकिन्छ र यसले अनुहार मालिस गरेपछि तपाईंले निकै आराम भएको अनुभव गर्नु हुनेछ । अन्य केही लाभहरु यसप्रकार छन् :

-अनुहारमा रक्त परिसंचरणमा सुधार ल्याउँछ । फेस रोलरको उपयोग गर्नाले अनुहारमा रगतको प्रवाह उत्तेजित हुन्छ, जसले तपाईंको छाला चम्किलो बन्न सक्छ ।

-रोलिङले अनुहारको पफनेसलाई कम गराउन सक्छ ।

-यसले अनुहारको मालिश गर्नाले तपाईंको मूड अझ राम्रो बन्ने छ ।

-यदि तपाईंले आफ्नो रोलरलाई फ्रिजमा स्टोर गरेर राख्नु हुन्छ र त्यसपछि फेस मसाज गर्नु हुन्छ भने त्यसले तपाईंको छालामा अझ बढि आराम पुर्‍याउने छ । तपाईंको छालालाई यसले डी-पफ गर्न सक्छ र छिद्रहरुलाई कस्न सक्छ ।

-रोलरहरुलाई खासगरी एउटा तेल अथवा मोइश्चराइजरसंग उपयोग गरिन्छ, ताकि तपाईंको छालामा उपकरण गुड्न सहज हुन्छ । त्यसप्रकारले एउटा मोइश्चराइजको साथले तपाईंको अनुहार अझ बढि चम्किलो तथा निखारिन्छ ।

-रोलरको उपयोग अनुहारबाट तरल पदार्थ निकाल्नका लागि गरिन्छ, जुन तपाईंको अनुहारमा अस्थायी रुपले कतै जमेर बसेको हुन्छ । त्यसका लागि रोलरको प्रयोग कानको ठिक मुन्तिर पनि गर्नु पर्छ । यो प्रकृयाले तपाईंको च्यापूले समेत स्वस्थ हुने मौका पाउँछ ।

-एउटा रोलरको प्रयोगले शरीरबाट विषाक्त पदार्थहरु बाहिर निकाल्न सकिन्छ । यो गतिविधिले अनुहारको विषाक्त पदार्थको निकासीलाई उत्तेजित बनाउँछ । यसप्रकारले तपाईंको अनुहार सफा गर्न समेत यो सहयोगी हुन सक्छ ।

अनुहारमा रोलर प्रयोग गर्ने तरिका

-अनुहारमा तेल अथवा मोइश्चराइजर लगाएपछि मात्र रोलरले अनुहारलाई मसाज गर्नु पर्छ ।

-रोलरलाई गर्दनबाट थालेर माथिल्लो भागतिर रोल गर्नु पर्छ ।

-हल्का दबाएर दुबैतर्फको च्यापूदेखि कानसम्म रोल गर्ने ।

-अनुहारको हरेक हड्डीमा रोलरको उपयोग गर्ने ।

-त्यसैगरी आफ्नो निधारमा पनि रोलरले मसाज गर्ने ।

-मसाज गरेपछि अनुहारलाई केही समयका लागि त्यसै छाडिदिने ।

अनुहारमा कति पटक गर्ने रोलरको उपयोग

फेस रोलरले तपाईंले हरेक दिन आफ्नो अनुहारमा मसाज गर्नु पर्छ । तपाईंले बिहान अथवा राती सुत्नुभन्दा अघि आफ्नो अनुहारलाई मालिश गर्न सक्नु हुनेछ । फेस रोलरले अनुहारलाई मसाज गर्नका लागि तपाईंलाई केही मिनेट मात्र लाग्नेछ । सन् २०१८ मा गरिएको एउटा अध्ययनबाट के पत्ता लागेको छ भने केवल ५ मिनेटका लागि अनुहारमा मालिश गर्ने रोलको उपयोग गर्नाले गालामा रक्त प्रवाह पनि बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment