Comments Add Comment

निर्माणाधिन रंगशालामा खिचियो ‘सेन्टी भाइरस’को प्रोमोशनल गीत

चलचित्र ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो । प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’ बोलको गीत तयार गरिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राईलाई फिचर गरिएको छ । दीपक आचार्य ‘काकु’ निर्देशित भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै-झगडालाई देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तमाङको पनि मुख्य भूमिका रहेको छ । ‘सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।दीपक आचार्य र कुमार कट्टेलले लेखेको यस चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ । चलचित्रमा फूर्पा लामा सह-निर्माताको रुपमा छिन् । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । शैलेन्‍द्र डि कार्कीले खिचेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको आम्दानीबाट ५० प्रतिशत नाफा चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment