Comments Add Comment

तिलोत्तमामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

२९, माघ बुटवल । रुपन्देहीको तिलोत्तमा–१ मा बिहीबारदेखि तिलोत्तमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा तिलोत्तमाका १७ वटै वडाबाट सहभागिता रहने भएको हो ।

नक आउटका आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल आगामी फागुन १० गते हुने छ । हरेक दिन दुई वटा खेल हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिए ।

दक्ष खेलाडी उत्पादन गर्दै रुपन्देहीलाई खेलकूदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने उनले बताए । प्रतियोगिता आयोजनाका लागि ३ लाख बढी खर्च अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन १ गते भोली वडा नम्बर २ र १३ का बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिजेता समुहले नगद ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।

प्रतियोगितामा सहभागिताका लागि प्रत्येक समूहलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ । विस २०७५ सालमा स्थापना भएको यस एकेडेमीले निकट भविष्यमै विद्यार्थीहरुका लागि नियमीत प्रशिक्षणको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment