+
+
Shares

लागूऔषधसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १६:३०

२९ माघ, तनहु । विभिन्न किसिमका प्रतिबन्धित लागूऔषधसहित इलाका प्रहरी कार्यालय आँबु खैरेनीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकिङका क्रममा शंकास्पद स्कुटरलाई नियन्त्रणमा लिदा लागूऔषध भेटिएको हो ।

मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग१७प ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा सत्रसयस्थित पृथ्वी राजमार्ग सडकखण्डमबाट लम्जुङ सुन्दरबजारका ३० वर्षीय आइते तामाङ र स्कुटरमा पछाडि बसेका सुन्दरबजार तार्कुकै सुजन तामाङ पक्राउ परेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

सुजन तामाङ्ले भिरेको झोलाबाट नियन्त्रित लागूऔषधहरु डाइजेपाम ५२ थान, नुफिर्न ५१ थान र फेनार्गन ५३ थान गरी १६६ थान लागूऔषध बरामद गरिएकिो प्रहरीले जनाएको छ ।

स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?