+
+
Shares

भ्यालेन्टाइन डेको दिन राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा…

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १५:२९

२ फागुन, काठमाडौं । प्रणय दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते अवस्थामा उनलाई उद्दार गरिएको अनलाइनखबरलाई बताए । ‘घाइते अवस्थामा भेटेपछि उद्दार गरेर हस्पिटल लाने तयारी गरेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा कसैले हानेको हो कि भनेर सोध्दा उनले आफैंले हानेको भनेका छन् ।’

महिला प्रहरी जवानसँगको सम्बन्धबारे भने उनले बताउन चाहिनन् । ‘आफ्नै अगाडि गोली हानेको देखेर होला । उनी बोल्न सक्ने अवस्थामा छैनन्’, सिग्देलले थपिन्, ‘विस्तारै अनुसन्धान हुन्छ ।’

जिल्लाका एक प्रहरी अधिकृतले भने रायले ती महिला प्रहरीलाई एकतर्फी प्रेम गरेको बताएका छन् । शुक्रबार राखेको प्रस्ताव अस्वीकार गर्दा केहीबेर विवाद समेत भएको उनले जनाए । त्यसपछि महिलासँग भएको राइफल खोसेर उनले आफैंलाई गोली हानेको ती अधिकृतले बताए ।

रायको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार जारी छ । ‘धन्न गोली कोखामा मात्र लागेछ । उनी अहिले खतरामुक्त छन्’, अस्पताल स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?