Comments Add Comment

श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं : प्रधानमन्त्री

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी गरेका छन् । शनिबार संसदमा गरेको सम्बोधनमा २ वर्षको सरकारको प्रगति सुनाउने क्रममा उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए ।

‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,’ उनले भने ।

अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको उनले बताए । उनीहरुको तथ्यांक श्रम मन्त्रालयले तथ्यांक संकलन गरिरहेको भन्दै उनले शिक्षा र सिपलाई जोड्न नसक्दा युवा साक्षर शिक्षित बेरोजाार बन्न पुगेको उनले बताए । उनले सिप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment