Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’ ‘आशिकी २’सँग मेल खादैनः सुदर्शन थापा

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । फागुणको ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको रोमान्टिक पोष्टरमा नायक पल शाह र नायिका पूजा शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको सांगीतिक लभ स्टोरी चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘आशिकी २’ जस्तो भनेर पनि प्रतिक्रिया दिइरहेका छन् ।

तर, चलचित्रको निर्माणपक्षले भने यो कुरालाई अस्विकार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका पूजा शर्माले ट्रेलर मात्र हेरेर चलचित्रलाई टिप्पणी नगर्न आग्रह गरेकी छिन् । यस्तै, निर्देशक सुदर्शन थापाले पनि चलचित्रको कथावस्तु बलिउड चलचित्र ‘आशिकी २’सँगै मेल नखाने स्पष्ट पारिसकेका छन् ।

चलचित्रका लेखक शिवम् अधिकारीले त चलचित्रको कथा मिलेको खण्डमा आफूले चलचित्र क्षेत्रबाट नै सन्यास लिने उद्घोष गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment