Comments Add Comment

चीनले तीन पत्रकारलाई देश निकाला गर्‍यो

७ फागुन, काठमाडौं । चीन सरकारले अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’का तीन पत्रकारको प्रेस अनुमतिपत्र खारेज गरेको छ । र, पाँच दिनभित्र देश छाड्न भनेको छ ।

जर्नलले ३ फेब्रुअरीमा ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो, जसको शीर्षक थियो, ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ अर्थात्, चीन एसियाको वास्तविक बिरामी मान्छे हो ।’

यो शीर्षक जातीय भेदभावपूर्ण रहेको र चिनियाँ नागरिक एवम् अन्तर्राष्ट्रिय समुदायमा घृणा फैलाएको चीनको आरोप छ ।

यो लेख छापिएपछि पत्रिकाले सार्वजनिक रूपमा माफी नमागेको र यसमा संलग्नहरुलाई कुनै कारबाही गर्ने जानकारी पनि नदिएकाले बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले बताए ।

उनकाअनुसार जर्नलका बेइजिङका डेपुटी ब्यूरो चिफ जोस चीन, अमेरिकी पत्रकार चाओ डेङ र अष्ट्रेलियन पत्रकार फिलिप वेनलाई पाँच दिनभित्र चीन छोड्न भनिएको छ ।

‘सिक म्यान’ शीर्षकको लेख भने बार्ड कलेजका प्रोफेसर वाल्टर रसेल मिडले लेखेका थिए । यसमा कोराना भाइरसको प्रकोपले चीनको वित्तीय बजार ध्वस्त भएको निष्कर्ष निकालिएको थियो ।

केही अघि मात्र चिनियाा अधिकारीले अर्को एक पत्रिकाका रिपोर्टरलाई देश निकाला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment