Comments Add Comment

मोटरसाइकलको सिटमुनि गाँजा

९ फागुन, वीरगञ्ज । पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई विन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो ।

ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र  गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

‘ओरिजिनल सिट हटाएर उनले गाँजाकै सिट बनाएका रहेछन् । नर्मल सिटजस्तै बनाएर बाहिर सिट कभर लगाएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘चेकजाँचको क्रममा त गाँजा पो भेटियो ।’ महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment