Comments Add Comment

लन टेनिसको उपाधि ऋतिक र सलोनीलाई

९ फागुन, बुटवल । बुटवलमा सञ्चालित तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि ऋतिक रानाले जितेका छन् । शुक्रबार सम्पन्न मेन्स सिंगलको फाइनलमा प्रणव खनाललाई ६-४, ६-३ स्कोरमा पराजित गर्दै रानाले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता खनाल नगद २५ हजार, कप, मेडल पाएका छन् ।

वुमन्स सिंगलतर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफका सलोनी तामाङले हात पारेकी छन् । सलोनीले फाइनलमा काठमाडौंकी प्रकृति श्रेष्ठलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । उपाधिसँगै तामाङले नगद ५५ हजार र उपविजेता श्रेष्ठ नगद २५ हजार पाइन् । प्रतियोगितामा भगवती बिक र इन्द्रकला श्रेष्ठ तेस्रो भए ।

यसैगरि ३५ वर्ष माथिको पुरुषतर्फको उपाधि कमल भण्डारीले जितेका छन् । उनले फाइनलमा राजु श्रेष्ठलाई ६-१, ६-१ को सेटमा पराजित गर्दै उपाधि चुमका हुन् ।

४५ वर्ष माथिको खेलमा चन्द्र शाहीले उपाधि जिते । चन्द्रले विमल गुरुङलाई ६-४, ६-४ को सोझो सेटमा पाखा लगाए । विजेता, उपविजेता खेलाडीलाई नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, रुपन्देही लन टेनिस संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीले पुरस्कार वितरण गरेका छन् ।

प्रतियोगितामा विभागीय टिमसहित काठमाडौ, पोखरा, विराटनगर र बुटवलका एक सय बढी राष्ट्रिय र स्थानीय खेलाडीहरुले आठ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment