Comments Add Comment

सरकारी जग्गा अतिक्रमण गरेर बनाएको टहरामा डोजर चल्यो

१० फागुन, काठमाडौं ।  काठमाडौं महानगरपालिका -३१ तीनकुनेस्थित जागृतिनगरमा सरकारी जग्गा अतिक्रमण गरेको बनाइएका घर टहरामा जोडर लगाइएको छ ।

प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले शनिबार अतिक्रमित जग्गामा डोजर चलाएको हो । वडाध्यक्ष भण्डारीका अनुसार ६ रोपनी २ आना सरकारी जग्गा खाली गराइरहेको हो ।

सरकारी जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपनि अटेर गरेकाले डोजर चलाएर टहरा भत्काइएको उनले बताए । ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौं’, उनले भने ।

टहरामा बसेकाहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । ३५ दिने सूचना दिनुपर्नेमा १५ दिन मात्र दिएर जोडर लगाएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment