Comments Add Comment

३० औं वर्षमा पल शाह, छैन बिबाहको दवाव !

सामाजिक संजालमा नायक पल शाहको फ्यानहरुको एउटा ग्रुप छ, ‘पल शाह फ्यान क्लब’ । त्यहाँ आबद्ध भएका पलका फ्‍यानहरुले केही समय अगाडिदेखि नै पललाई जन्मदिन मनाउने म्यसेज गरिरहेका थिए । कहाँ र कसरी मनाउने टुंगो थिएन ।

सोही ग्रुपमा रहेकी एक फ्यान काजोलले ग्रुपमा म्यासेज लेखिन, ‘इनर भिजन नेपाल भन्ने एउटा संस्था छ, त्यहाँ अनाथ बालबालिकाहरुलाई राख्नुहुन्‍छ । त्यहीँ केक काटौँ न ।’ पलले उक्त कुरालाई स्विकार गरे ।

फागुन १० गते परेको आफ्नो ३० औं जन्मदिन मनाउन पल आफ्‍नो फ्यान कजोलले भनेकै आश्रममा पुगे । उनले  आफ्नो फ्‍यान र त्यहाँका अनाथ बालबालिकाहरुसँग बसेर जन्मदिनको केक काटे । अनाथ आश्रम पुगेका पल र उनका फ्यानहरुले केही खानेकुरा र आर्थिक सहयोग पनि गरेका छन् ।

पल आफ्नो जन्मदिन प्राय: सामाजिक कार्य गरिरहेका संस्थामा नै पुगेर मनाउने गर्छन् । उनी कहिले बृद्ध आश्रम पुग्छन् त कहिले अनाथ आश्रम । पल भन्छन्, ‘मलाई पार्टी गर्ने, झुम्ने भन्दा पनि सामाजिक कार्य गर्न नै रमाइलो र खुसी लाग्छ ।’

जन्मदिनमा पल आफ्नो फ्यानहरुलाई भेट्नमा नै व्यस्त हुने बताउँछन् । उनले भने, ‘म आज मलाई माया गर्ने फ्यानहरुलाई समय दिनेछु । मलाई भेट्न भनेर नै विभिन्न ठाउँबाट फ्यानहरु जम्मा हुनुभएको छ । आजको दिन उहाँहरु सँगै बित्नेछ ।’

३० वर्षे पललाई छैन बिबाहको दवाव

पल आजबाट ३० वर्षमा प्रवेश गरेका छन् । उनी आफ्नो उमेर सुनाउन कुनै हिचकिचावट गर्दैनन । आफ्नो उमेर धेरै भइसकेको तर, गर्न बाकीँ काम धेरै भएकाले उनी आफैँसँग भने केही तर्सिएका छन् । उनले भने, ‘उमेर त धेरै नै भइसक्यो । गर्न पर्ने कामहरु पनि धेरै छन् । अझै थप मेहनतका साथ काम गर्नेछु ।’

पललाई परिवारबाट बिबाहको दवाव भने खासै छैन् । कतैबाट कुरा उठिहाल्यो भने पनि सम्झाउन लाग्छन् पल । ‘हामी सामान्य परिवारको मान्छे । काठमाडौंमा बस्ने बास बनाएपछि मात्र बिबाह गर्छु भन्ने गरेको छु’, पल भन्छन्, ‘मैले भनेको कुरामा उहाँहरुले प्रश्न गर्नुभएको छैन ।’

पल अहिले आफू कुनै प्रेम सम्बन्धमा पनि नरहेको बताउँछन् । उनले भने, ‘अहिले त मेरो प्रेम कामसँग मात्रै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment