Comments Add Comment

चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुँदै

१२ फागुन, चितवन । चितवनको भरतपुरमा चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो हुने भएको छ । नेपाल पोल्ट्री महासंघले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि एक्स्पो हुने भएको हो ।

महासंघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोबारे जानकारी दिएको हो । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा रहने छ ।

नेपाल, भारत, चीन, अमेरिका लगायत १४ भन्दा बढी देशका पोल्ट्री कम्पनीको सहभागिता रहने आयोजकको भनाइ छ । एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्ऽ बिष्टले पोल्ट्री एक्स्पोमा विश्वमा पोल्ट्रीको क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिलाई प्रर्दशनी गरिने बताए ।

उत्पादन लागत घटाउन आएका नयाँ प्रविधिका बारेमा पोल्ट्री क्षेत्रमा व्यक्तिलाहरुलाई जानकारी गराइने अध्यक्ष बिष्टको भनाइ छ । ती प्रविधि अपनाउन चाहने व्यवसायीले अवलोकनबाट फाइदा लिन सक्ने आयोजको विश्वास छ ।

शुक्रबारदेखि आइतबारसम्म चल्ने पोल्ट्री एक्स्पोमा चार दिन पोल्ट्री पाठशाला समेत आयोजना हुँदैछ । एक्स्पो उद्घाटनको अघिल्लो दिन बिहीबारदेखि सुरु भइ चार दिनसम्म चल्ने पोल्ट्री पाठशाला नेपाल भेटेरेनरी संघसँगको सहकार्यमा हुन लागेको पोल्ट्री महासंघका अध्यक्ष बिष्टले जानकारी दिए । त्यसमा विदेशी विज्ञहरु पनि आउने छन् ।

देशभर दैनिक करिब पाँच सय मेटि्रक टन कुखुराको मासु उत्पादन हुने गरेको छ । मासुको कूल उत्पादनमध्ये २० प्रतिशत अर्थात् दैनिक एक सय टन मासु चितवनमा उत्पादन हुन्छ ।

नेपालमा अहिले दैनिक १८ लाख गोटा अण्डा उत्पादन हुन्छ । यसमध्ये दैनिक दश लाख गोटा अण्डा चितवनमा उत्पादन हुँदै आएको छ ।

नेपालमा तीन सयभन्दा बढी हृयाचरी उद्योग छन् । ती उद्योगबाट प्रति हप्ता ४५ लाख ब्रोइलर, दुई लाख ५० हजार लेयर्स र एक लाख ७० हजार कलर ब्रोइलर -कोइलर) चल्ला उत्पादन हुँदै आएको छ ।

देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर भइसकेको छैन । देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन जिल्लालाई पोल्ट्रीको राजधानी मानिन्छ ।

चितवनलाई पोल्ट्रीको राजधानी मान्नुको आधार भनेको यस क्षेत्रमा भएको लगानी र उत्पादन हो । नेपालमा पोल्ट्री क्षेत्रमा भएको एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये ६० प्रतिशत लगानी चितवनमा छ ।

पोल्ट्री क्षेत्रमा एक लाख ८० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अण्डा, चल्ला, कुखुरा र दाना खरिद बिक्री गर्ने देशभरका एक हजार पोल्ट्री सप्लायर्समध्ये दुई सय चितवनमा छन् । कुखुरापालन क्षेत्रबाट देशरभमा करिब दुई लाख व्यक्तिले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment