Comments Add Comment

हाम्रो जाली रुमाल संरक्षण गर्ने दायित्व राज्यको हो–सांसद सुनुवार

१२ फागुन,काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले किरात सुनुवारले लगाउने जाली रुमाल राज्यको सम्पत्ति भएकाले यसको संरक्षण राज्यबाटै हुनुपर्ने बताएका छन् ।

सुनुवार सेवा समाजका पूर्वअध्यक्ष तथा भाषा संस्कृति विज्ञ लोकप्रिय सुनुवारको कृति ‘मुल्केम मुक्दुम’को सार्वजनिक गर्दै सांसद सुनुवारले भाषा संस्कृति तथा पहिचान जोगाउन समुदायमात्र नभएर राज्यको भूमिका हुनुपर्ने बताए ।

सुनुवार समुदायले लगाउने जाली रुपमा आफूहरुको मात्र सम्पत्ति नभएको भन्दै उनले यसको संरक्षणमा राज्यको भूमिका प्रभावकारी बनाउन आफू क्रियाशील रहेको समेत उनले बताए । सुनुवार समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने यज्ञराज एक्लो प्रतिनिधि हुन् ।

भाषाविद लोकप्रिय सुनुवारको ७० औं जन्मदिनका अवसरमा सार्वजनिक गरिएको मुल्केम मुक्दुम (हाम्रो संस्कृति) पुस्तकमा किरात सुनुवारको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचानका ऐतहासिक पक्षहरु समेटिएको कार्यक्रममा समिक्षकहरुले बताए ।

ओलखढुंगाको खिजिदेम्बा गाउँपालिकाका स्थायी बासिन्दा लोकप्रिय सुनुवार गोरखापत्रको नयाँ नेपाल संस्करणमा सनुवार भाषाको पृष्ठ संयोजन गर्छन् । कार्यक्रममा वक्ताहरुले सुनुवार भाषा संस्कृति तथा पुस्तकको ऐतिहासिक पक्षको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment