Comments Add Comment

अमेरिकी दूतावास अगाडि नेमकिपाको प्रदर्शन

१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।

सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेको हो । रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दूतावास अगाडिसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, सैन्य गठबन्धन चाहिँदैन लगायतका नारा लगाएका थिए ।

अमेरिकाले हतियार बिक्री गरेर विश्वमा युद्ध चाहेको भन्दै अशान्ति बनाउन आग्रह गर्दै दूतावासमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पसामू विरोध पत्र पठाइएको नेमकिपाका सांसद प्रेम सुवालले बताए । उनकाअनुसार प्रदर्शनका क्रममा अमेरिकी दूतावासका सुरक्षा अधिकारीलाई उक्त विरोध पत्र बुझाइएको थियो ।

नेमकिपाले अमेरिकी सैन्य गठबन्धनमा सामेल नहुने खबरदारी गरेको उनले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment