+
+
Shares

गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले भने- १ र १ जोडेर दुई होइन, ११ बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १६:१५
फाइल फोटो

१४ फागुन, काठमाडौं । व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ढकालले शेखर गोल्छाको प्रशंसा गरे ।

गोल्छाले यसअघि नै वरीष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका किशोर प्रधानलाई समर्थन गरिसकेका छन् ।

नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार गोल्छा नेतृत्वमा पुग्दैछन् । त्यसपछि रिक्त हुने वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी ढकाल र प्रधान हुन् ।

बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छाको डायनामिक व्यक्तित्वको नेतृत्वमा अब नयाँ टिम बन्दैछ । यो टिम बनेपछि १ र १ जोडेर दुई होइन, ११ बन्ने गरी उहाँको नेतृत्वमा काम गर्ने छौं ।’

निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनका लागि र राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । ढकालले भने, ‘आज तपाईंहरु -उद्योगी व्यवसायीहरु) ले गरेको निर्णयले भोलि महासंघ थप सशक्त बन्ने छ र मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने छ ।’

‘म नेतृत्वमा आए तपाईंहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने छु,’ ढकालले भने, ‘सबैको मनोबल उच्च बनाएर सुख दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
उनले आफूले चुनाव जिते पनि नजिते पनि उद्योगी व्यवसायीहरुकै साथमा हुने उनले बताए । ‘म कति सहज छु, कति सरल छु भन्ने पनि तपाईंहरुलाई थाहै छ । व्यवसायको कारणले पनि म तपाईंहरुबाट टाढा जान सक्दिनँ,’ ढकालले भने, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाईंहरुसँगै हुनेछु ।’

उनले महाभारत कथाको प्रसंग जोड्दै भने, ‘कृष्णले भन्नु भएको छ, युद्ध जित्नेले सारथीलाई बिर्सनु हुँदैन । म पनि तपाईंहरुलाई बिर्सने छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?