Comments Add Comment

सरस्वतीका कप्तान दिपेशलाई २ वर्षको प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको भन्दै एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ ।

लिग अन्तर्गत ५९औ खेलमा हिमालयन शेर्पाविरुद्धको खेलमा नियम विपरीत कार्य गरेकोले अनुशासन समितिको बैठकले प्रतिबन्धको निर्णय गरेको हो ।

अब एन्फाको आयोजना तथा एन्फाबाट स्वीकृत भएको कुनै पनि राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय फुटबल खेल्नबाट आज (बुधबार)का मितीदेखि लागू हुनेगरी २ वर्षको लागि प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ । यस्तै उनलाई ५० जहार जरिमानासमेत लगाएको छ ।

यस्तै उक्त खेलमै प्रतियोगिता नियमावली विपरीत कार्य गरेको भन्द हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेतलाई अनुशासन समितिले कडा चेतावनी दिएको एन्फाले जनाएको छ ।

यस्तै हिमालयनका टिम म्यानेजर बिजेन्द्र पुडासैनीलाई नियमावली विपरीत काम गरेको भन्दै तीन वर्षसम्मको लागि प्रतिबन्ध लगाइएको र ३० हजार जरिमाना लगाएको छ ।

फागुन ३ गते सम्पन्न भएको लिग अन्तर्गत सरस्वती र हिमालयनबीच भएको खेल सरस्वती क्लबले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment