+
+
Shares

अष्ट्रेलियामा पनि कोरोनाबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १३:२१

१८ फागुन, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीयको आइतबार मृत्यु भएको हो । उनको नाम भने गोप्य राखिएको छ ।

कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् । श्रीमतीको स्वास्थ्य अवस्था सन्तोषजनकको रूपमा सूचीबद्ध छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९७९ पुगेको छ । यसका कारण चीन सहित १२ देशमा विरामीको ज्यान गइसकेको छ । कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?