Comments Add Comment

लीलामणि पौड्याल अयोग्य, नेताका सालीदेखि व्यापारीका छोरीसम्म योग्य

१९ फागुन, काठमाडौं । बुधबार हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र चीनका लागि नेपाली राजदूत फिर्ता बोलाइएको विषयले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक नेपाल भ्रमण वर्ष स्थगित गर्ने सरकारको निर्णय, कोरोनाको बढ्दो जोखिमलगायत विषय पनि आजका पत्रपत्रिकाहरूमा समेटिएका छन् ।

नयाँ पत्रिकाले राजदूत नियुक्तिको प्रवृत्तिबारे मुख्य समाचार लेखेको छ । क्षमतावानहरूलाई फिर्ता बोलाएर अयोग्यहरूलाई राजदूत बनाइएको समाचारको सार छ ।

चीनबाट लिलामणि पौड्याल फिर्ता बोलाइएको प्रसंगसँग जोड्दै नयाँ पत्रिकाले लेखेको छ– पूर्वमुख्यसचिव लीलामणि पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर सरकारले चीनबाट १५ दिनभित्र फर्कन निर्देशन दिएको छ । तर, देउवाको सासू प्रतिभा राणाले जापानमा, ओलीको साली अञ्जन शाक्यले इजरायलमा, यती समूहका सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पाले स्पेनमा र म्यानपावर व्यवसायी शर्मिला पराजुलीले ओमानमा गरेको काममा भने सरकारले प्रश्न गर्न उचित ठानेको छैन ।

छात्रा शिक्षा कोषमा ४७ करोड बजेट भए पनि एक रुपैयाँ पनि वितरण नभएको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

‘जसले दिँदैछन् प्रधानमन्त्रीलाई मिर्गौला’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, झापाकी २२ वर्षीया उनी ओलीलाई यसअघि मिर्गौला दान गर्ने भाइबुहारी अन्जान घिमिरेकी भान्जी हुन् । यस नाताले उनी प्रधानमन्त्रीकी पनि भान्जी नै पर्छिन् । ओलीलाई उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment