Comments Add Comment

निकारागुवाका कवि कार्डानेलको निधन

२० फागुन, काठमाडौं । निकारागुवाका कवि एवं धार्मिक गुरु अर्नेष्टो कार्डानेल (फादर अर्नेष्टो कार्डानेल)को निधन भएको छ । ९५ वर्षीय कवि कार्डानेलको राजधानी मानागुवामा आइतबार निधन भएको हो ।

कार्डानेलको सहयोगी लुज मारिआना अकोस्टाले एसोसिएट प्रेसलाई दिएको जानकारी अनुसार उनमा केही सातादेखि श्वासप्रश्वासमा समस्या थियो । कार्डानेल दक्षिण अमेरिकी साहित्यमा लोकप्रिय कवि मानिन्छन् ।

सन् २००५ मा नोबेल पुरस्कारका लागि मनोनयनमा परेका कार्डानेलले पाब्लो नेरुदा कविता पुरस्कार, जर्मन बुक ट्रेड पुरस्कार लागयतका विश्व प्रतिष्ठीत पुरस्कार प्राप्त गरेका छन् । इतिहास, विज्ञान, दर्शन र अध्यात्मलाई केन्द्रमा राखेर कविता लेख्ने उनको शैली चर्चित छ ।

२० जनवरी सन् १९२५ मा निकारागुवाको सम्पन्न क्याथोलिक परिवारमा जन्मेका कार्डानेलले साहित्य, राजानीति र धार्मिक अनुष्ठानमा जीवन बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment