+
+
Shares

भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ पेरिसमा ‘तिनीहरू’ को च्यारिटी प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को च्यारिटी प्रदर्शन सेप्टेम्बर १७ मा पेरिसमा हुने भएको छ।
  • च्यारिटी प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
  • निर्देशक अविनाशविक्रम शाहले भने, ‘हामी जहाँबाट सक्छौं, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौं।’

काठमाडौं । भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को फ्रान्सको पेरिसमा च्यारिटी प्रदर्शन हुने भएको छ ।

फिल्मका निर्मातामध्ये एक प्रचण्डमान श्रेष्ठ र अभिनेत्री पुष्पा थिङ पनि बाढी प्रभावित नुवाकोटका हुन् । बाढीले श्रेष्ठको घरमा समेत क्षति पुर्‍याएको फिल्म पक्षले प्रेषित गरेको विवरणमा उल्लेख छ ।

फिल्मको च्यारिटी प्रदर्शन बिहीबार, सेप्टेम्बर १७ मा पेरिसस्थित युजिसी लेस हाल्समा हुनेछ । फिल्म भने सेप्टेम्बर २३ देखि फ्रान्सभर प्रदर्शनमा आउने जनाइएको छ ।

च्यारिटी प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

‘हामी जहाँबाट सक्छौं, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौं,’ निर्देशक अविनाशविक्रम शाहले भनेका छन् । यसअघि काठमाडौंमा आयोजना गरिएको फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकम पनि सोही कोषमा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?