News Summary
Generated by OK AI. Editorially reviewed.- अविनाश विक्रम शाहको निर्देशनमा बनेको ‘तिनीहरू : एलिफेन्ट इन द फग’ ले १७ भदौ सुन्धाराको क्युएफएक्स सिभिल मलमा बाढी पीडित सहयोगका लागि विशेष प्रदर्शनी गर्ने भएको छ।
१६, भदौ, काठमाडौं । अविनाश विक्रम शाहको निर्देशनमा बनेको ‘तिनीहरू : एलिफेन्ट इन द फग’ ले बाढी पीडितको सहयोगका लागि विशेष प्रदर्शनी गर्ने भएको छ । १७ भदौ बुधबार क्युएफएक्स सिभिल मल सुन्धारामा यो फिल्मको विशेष प्रदर्शनी हुने भएको हो ।
त्यसबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फिल्मको टिमले जानकारी दिएको छ । त्यसका साथै फिल्मको टिमले यस अभियानमा सबैको साथ र सद्भावको अपेक्षा गरेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको यो फिल्म कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा विश्व प्रिमियर भएको थियो । फिल्मले उक्त विधाअन्तर्गत जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहास रचेको थियो ।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरूङ आदिको अभिनय रहेको छ ।
फिल्म १९ भदौ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4