+
+
Shares

‘तिनीहरू’ लाई प्रवर्धनको चटारो, फिल्म हेर्न सुनिता डंगोलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘तिनीहरू’ १९ भदौदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
  • फिल्मको टोलीले नाइमा मोबिलिटी शो र के–पप काठमाडौं डान्स फेस्टिभलमा सहभागी भई दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ ।
  • फ्रान्सको कान्स फिल्म फेस्टिभलमा पुरस्कृत यो फिल्मलाई इन्फा अवार्डमा पनि सम्मान गरिएको छ ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिनीहरू’ लाई अहिले स्वदेश रिलिजको चटारो छ । यस फिल्मका कलाकारले केही दिनअघि सम्पन्न नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिए ।

टिमले फिल्ममा समावेश गीत ‘शादी के दिन में…’ गीतमा प्रस्तुति दिएको थियो । त्यसपछि अर्को एक स्टलमा पुगेर कलाकारले ‘बलम’ बोलको गीतमा नृत्य प्रस्तुति दिए ।

नाइमा प्रदर्शनी मेला केही दिनअघि भृकुटीमण्डपमा सम्पन्न भएको थियो । टोलीको प्रस्तुतिमा उपस्थित दर्शक उत्साहित हुँदै सहभागी भएका थिए । दर्शकले फिल्मबारे चासो राख्दै हलसम्म पुग्ने बताएको जनाइएको छ ।

त्यसपछि टोलीले महिन्द्रा गाडीको स्टलमा समेत विशेष प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । यो फिल्म हालै फ्रान्सको कान्स फिल्म फेस्टिभलमा पनि ‘एलिफेन्ट्स इन द फग’ नामबाट पुुरस्कृत भएको थियो ।

यसैबीच, यो फिल्मको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भयो । कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको टोलीले विजेता तथा सहभागी कलाकारको हौसला बढाउँदै उनीहरूलाई सम्मान गरेको थियो ।

केही दिनअघि आयोजित इन्फा अवार्डमा पनि यो फिल्मलाई सम्मान प्रदान गरियो । सो अवसरमा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले फिल्मको प्रशंसा गर्दै कान्स प्रिमियरमा आफू पनि सहभागी रहेको स्मरण गरेकी थिइन् ।

डंगोलले दर्शकलाई समेत यो फिल्म हेर्न आग्रह गर्दै माया र समर्थन गर्न आग्रह गरिन् । ‘तिनीहरू’ १९ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?