Comments Add Comment

विश्व ब्याडमिन्टन वरीयतामा नेपालका प्रिन्सले बनाए इतिहास

पहिलो पटक शीर्ष दशमा

काठमाडौं । नेपाली ब्याटिमिन्टनमा युवा स्टारको छवी बनाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा पहिलो पटक शीर्ष दशमा स्थान बनाएका छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी दशौं स्थानमा पुगेका हुन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडी र प्रिन्सकै यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

यसअघि ११औं स्थानमा हरेका प्रिन्सले एक स्थान सुधार गरेका हुन् । पछिल्लो समय विदेशमा विभिन्न जुनियर प्रतियोगिताहरु खेलिरहेका प्रिन्सले २०२० वरीयतामा सुधार गरिरहेका छन् । यस वर्ष उनले ४ प्रतियोगिता खेलिसकेका छन् ।

प्रिन्स दुई वटा जुनियर प्रतियोगिता खेल्न हाल युरोपमा छन् । नेदरल्याण्ड्समा भएको डच जुनियर इन्टरनेशनलमा प्रिक्वाटरफाइनल पुगेक प्रिन्स चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका थिए । यस्तै अहिले उनी जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्न जर्मनीमा छन् । प्रिन्स पहिलो पटक युरोपमा खेल्न गएका हुन् ।

नयाँ वरीयता अनुसार प्रिन्सको ९ हजार ८६० अंक छ । यसअघि दशौं स्थानमा रहेका भारतीय खेलाडी प्रियान्सु राजावत १९औं स्थानमा झरेको छन् । १६ वर्षीय प्रिन्स सिनियर वरीयतामा भने ४४४औं स्थानमा छन् ।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । यस्तै भारतका दुई खेलाडी प्रिन्सभन्दा अघि छन् । भारतमा मेइराबा लुवाङ दोस्रो वरुण कपुर तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment