+
+
Shares

लक्ष्मी हुन्डाईकाे आयोजनामा ओपन गल्फ टुर्नामेन्ट हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १८:५२

२० फागुन, काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिता आउँदो शुक्रबार र शनिबार हुने भएको छ । आयोजक लक्ष्मी हुन्डाईले विज्ञप्तिमार्फत् प्रतियोगिता शुक्रबार शुरु भएर शनिबर सम्पन्न हुने जनाएको हो ।

खेल १८ होलमा खेलाइनेछ । त्यसमा एमेचर खेलाडीले स्टेबल फोल्ड फर्म्याटमा ३ बाई ४ हयान्डी क्यापमा खेल्नेछन् । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा नेपालका १ सय ३० गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, महिलाफर्त विजेता, सिनियर विजेता (६० बर्षमाथिका), जुनियर विजेता (१७ बर्ष उमेर मुनीका) र वनर्स क्याटागोरी, लङ्गेस्ट ड्राइभ, कोलोजेस्ट टु दि पिन, मोस्ट बडिज् क्याटागोरीमा विजेता घोषित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?