Comments Add Comment

थ्रीस्टारलाई हराउँदै आयोजकले जित्यो खप्तड गोल्डकपको उपाधि

२० फागुन, काठमाडौं । आयोजक टिम सुदूरपश्चिम ११ ले पहिलो पटक सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।

धनगढीमा भएको प्रतियोगिताको चौथो संस्करणको उपाधि जित्ने क्रममा सुदूरपश्चिमले ए डिभिजन क्लब थ्री स्टारलाई १-० ले हरायो ।

धनगढी रंगशाला मंगलबार भएको फाइनलमा घरेलु टोलीका लागि विक्रम सिंह ठकुरीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

ठकुरीले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका माधव भण्डारी घोषित भए ।

सुदूरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जित्दै ठूलो सफलता हात पार्दा थ्रीस्टारले भने लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझायो । गत वर्ष थ्रीस्टार नेपाल पुलिसंग पराजित भएको थियो ।

खप्तड गोल्डकपको नयाँ च्याम्पियन बनेसंगै सुदूरपश्चिम ११ ले मोफसलकै सर्वाधिक नगद पुरस्कार राशी २१ लाख १ रुपैयाँ प्राप्त गरेको छ । थ्रीस्टारले १० लाख १ रुपैयाँमा चित्त बुझायो ।

च्याम्पियन सुदूरपश्चिमै विक्रम सिंह ठकुरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान मोटरबाइक प्राप्त गरे । यस्तै प्रतियोगिताभर ५ गोल गरेका उनै विक्रम सर्वाधिक गोलकर्ता समेत बने भने उत्कृष्ट फरवार्ड पनि उनै विक्रम बने ।

यस्तै सुदूरपश्चिमकै धन बहादुर थापा उत्कृष्ट डिफेण्डर बन्दा थ्री स्टार पूर्ण चेम्जोङ उत्कृष्ट गोलकिपर र सुशिल राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकै रोहित भण्डारी चयन भए ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको  प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment