+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सबै मिले पश्चिम सेती बन्न १० वर्ष लाग्दैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते २०:४१

२० फागुन, कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै तीन दशकदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताएका छन् ।

सबै राजनीतिक दल एक भए बन्न १० वर्ष पनि नलाग्ने उनको दाबी छ । धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सबै पार्टी एक भए पश्चिम सेती १० वर्षमै बन्न सक्छ । त्यसले सुदूरपश्चिमलाई धनी बनाउँछ ।’

पश्चिम सेतीको लागि सुदूरपश्चिम प्रदेशका सबै नागरिकले सेयर लगानी गर्न सक्ने समेत उनले बताए । ‘सुदूरपश्चिमका जनता धनी भइसके । विदेशी ल्याउने कामै छैन’ उनले भने, ‘नेपाल आफैंले बनाउने, अनि नाफा पनि आफैं लिने हो ।’

आयोजना निर्माणका लागि जग्गाको समस्या भए सेयर बाढ्ने अथवा पैसा दिन सकिने उनले बताए । ७५० मेगावाटको पश्चिम सेती बने त्यहाँबाट उत्पादन हुने बिजुली केही यहाँका जनताले पाउने र केही भारतलाई बेच्नुपर्ने उनले बताए ।

फरक प्रसंगमा उनले सुदूरपश्चिमको भाषा हराउँदै गएको चिन्ता समेत व्यक्त गरे । ‘हाम्रो सुदूरपश्चिमका भाषा हराउँदै गएको छ । यहाँका मान्छेले हाम्रो भाषा बोल्नै छोडेका छन्, कांग्रेस सभापति देउवाले भने, ‘आजभोलि अंग्रेजी बोल्छन् ।’

देउवाले प्रदेशको भाषा लोप हुन नदिन आग्रह गरे । उनले भने, ‘भाषा महत्वपूर्ण हो, यो छोड्न हुँदैन । हाम्रो प्रदेशको भाषा पनि संरक्षण गर्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?