Comments Add Comment

अब वर्षमा ३ सय ६४ र फेब्रुअरीमा ३० दिन ! वैज्ञानिकले बनाए नयाँ पात्रो

काठमाडौं । सामान्य वर्षहरुमा फेब्रुअरी महिना २८ दिनको हुन्छ । तर हरेक चार वर्षमा आउने अधिक वर्षमा चाहिँ फेब्रुअरी महिनामा २९ दिन हुन्छन् । यो वर्ष पनि फेब्रुअरी २९ दिनको थियो ।

अधिक वर्ष अर्थात् लिप इयरमा ३ सय ६६ दिनको वर्ष हुने हुनाले फेब्रुअरी महिनामा एक दिन थपिएको हुन्छ । जबकी सामान्य वर्षहरु ३ सय ६५ दिनका हुन्छन् ।

तर अनुसन्धानकर्ताहरुले यस्तो पात्रो बनाउँदैछन् जसमा अधिक वर्ष हुने छैन । अनि फेब्रुअरी महिना ३० दिनको हुनेछ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका दुईजना प्राध्यापकहरुले एक नयाँ क्यालेन्डर सिर्जना गर्दैछन् । अर्थशास्त्री स्टिभ एच हेन्के र खगोलविद रिचार्ड केन हेनरी यदि आफ्नो शोधमा सफल भए र उनीहरुले डिजाइन गरिरहेको पात्रोले विश्वभर मान्यता पायो भने सन् २०२० को वर्ष नै सम्भवतः इतिहासको अन्तिम अधिक वर्ष हुनेछ ।

उनीहरुले बनाएको क्यालेन्डरको नाम हेन्क हेनरी पर्मानेन्ट क्यालेन्डर हो । यसमा वर्षमा ३ सय ६४ दिन हुनेछन् ।

यो पात्रो एक स्थायी पात्रो हुनेछ जसमा हरेक वर्षको सुरुवात सोमबार हुनेछ । कुनैपनि मान्छेको जन्मदिन हरेक वर्ष एउटै बारमा पर्नेछ । अर्थात् हरेक वर्षको पात्रो समान हुनेछ । जसमा फेब्रुअरी महिना ३० दिनको हुनेछ । पात्रोमा जनवरी, अप्रिल, मे, जुलाई, अगष्ट, अक्टोबर र नोभेम्बरमा पनि ३० दिन हुनेछन् । अन्य बाँकी चार महिना ३१ दिनका हुनेछन् ।

यो पात्रोमा कुनै अधिक वर्ष हुनेछैन । तर हरेक ५÷६ वर्षको अन्तरालमा वर्षको अन्तिममा एक हप्ता अतिरिक्त हप्ताको रुपमा हुनेछ ।

पात्रो सुधारको क्षेत्रमा यो एक साहसिक कदम रहेको बताइएको छ । किनकी अहिले विश्वमा जुन अंग्रेजी क्यालेन्डर प्रचलनमा छ, त्यो बनाउनका लागि सयौँ वर्षको समय लागेको थियो ।

जुलियस सिजरले रोमन साम्राज्यका बेला ३ सय ६५ दिनको क्यालेन्डर बनाएका थिए, जसलाई मिश्रबासीले तयार गरेका थिए । त्यसमा एक अधिक दिन सामेल थियो । त्यस समय यो पात्रो अन्य पात्रोको तुलनामा सटिक भए पनि त्रुटीरहित भने थिएन ।

क्यालेन्डर बनाउने मिश्रका खगोल वैज्ञानिकहरुले प्रत्येक जुलियन वर्षमा एक अतिरिक्त ११ मिनेट १४ सेकेण्डको समय जोडेका थिए । शताब्दी समाप्त भएसँगै त्यो बोनस समय पनि बढ्दै गो । त्यो अतिरिक्त समयलाई कम गर्नका लागि पोपले वर्षमा १० दिन घटाइदिए । जसका कारण इटाली, स्पेन तथा अन्य युरोपेली देशहरुमा ४ अक्टोबर १५८२ को दिन १५ अक्टोबर शुक्रबार बन्न पुग्यो ।

समयको उक्त बहाबलाई फेरि रोक्नका लागि पोपले पुनः समय घटाए तर यसपटक त्यसको आवृत्ति कम राखे । ग्रेगोरियन क्यालेन्डरमा एक वर्ष १ सयले विभाज्य हुन्छ । त्यसका लागि ४ सय दिनको कुनै वर्ष अधिक वर्ष हुनाका लागि पनि विभाज्य हुनु पर्दछ । उदाहरणका लगि ग्रेगोरियन क्यालेन्डरमा १९०० एक अधिक वर्ष होइन, तर सन् २००० चाहिँ अधिक वर्ष हो ।

सोही क्यालेन्डरले २९ फेब्रुअरी भएको अधिक वर्षको स्थापना गर्यो । युरोपमा रोमन क्याथोलिक देशभन्दा बाहिर विश्वमा अन्य देशहरु उक्त क्यालेन्डरको प्रयोग गर्न सहमत थिएनन् । बेलायत र उसका उपनिवेश मुलुकहरुले सन् १७५२ सम्म ग्रेगोरियन क्यालेन्डर प्रयोग गरेनन् ।

उक्त क्यालेन्डर प्रयोग गर्दा सुरुमा बेलायतमा दंगा समेत फैलिएको थियो । सर्वसाधारणहरु ११ दिन फिर्ता हुनुपर्ने भन्दै विरोधमा उत्रिएका थिए । सबै जनाको बर्थडे पनि परिवर्तत भयो । उदाहरणको लागि जर्ज वाशिंटनको जन्मदिन जुलियन क्यालेन्डरमा ११ फेब्रुअरीमा थियो । सन् १७५२ पछि ग्रेगोरियन क्यालेन्डरमा उनको जन्मदिन २२ फेब्रुअरी हुन गयो ।

अहिले नयाँ क्यालेन्डर बनाइरहेका दुई प्राध्यापकहरुको भनाई छ कि हामीलाई एउटा यस्तो क्यालेन्डरको आवश्यकता छ जसका कारण मानिसको जिवनलाई व्यवस्थित गर्नमा सहजता होस् । नयाँ पात्रोमा हरेक वर्षका तिथी मितिहरु एकैदिन पर्ने भएको हुँदा मानिसहरुलाई आफ्ना योजना तथा समय तालिका बनाउन सहज हुनेछ । साथै ३ सय ६४ दिनको वर्ष भएपछि हरेक ९१ दिनको त्रैमासिकमा विभाजन गर्न पनि सकिनेछ । जबकी ग्रेगोरियन क्यालेन्डरका अनुसार कम्पनीहरुालई आफ्नो आर्थिक त्रैमासिकमा एक हप्ता अतिरिक्त जोड्नु पर्दछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment