Comments Add Comment

हल बन्द गर्ने कि नगर्ने दोधारमा हलवाला

नेपालमा कोरोनाको त्रास बढिरहेको अवस्था छ । नेपाल सरकारले पनि सचेत रहन सुचना जारी गरिसकेको छ । सभा-सम्मेलन तथा भिडभाड हुने कार्यक्रमहरु नगर्न आग्रह गरिरेहको छ । चलचित्र हलहरु पनि भिडभाड हुने ठाउँ भएका कारण त्यहाँ पनि सतर्क रहन सरकारको आग्रह छ ।

नेपाल चलचित्र संघले पनि यस विषयमा विशेष छलफल गरिरेहको छ । हल बन्द नै गर्ने वा विशेष सावधानी अपनाएर हल संचालन गर्ने भन्ने विषयमा हलवालाहरु दोधारमा छन् ।

चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान अहिले कै अवस्था हो भने चलचित्र हल बन्द गर्न नपर्ने बताउँछन् । उनले भने, ‘अहिले हलमा दर्शकहरुको उपस्थिती नै पातलो छ । हलमा विशेष सावधानी अपनाउने हो भने बन्द गर्नुपर्ने अवस्था छैन ।’

यदी निर्माता तथा वितरकहरुले मिलेर हल बन्द गर्ने सहमति गरे हल बन्द गर्न आफूहरु तयार रहेको उनले बताए । भन्छन्, ‘हामीले हल बन्द गर्छु भनेर गरिहाल्ने अवस्था पनि हुन्न । सबैको सहमति भयो भने हामी बन्द गर्नेछौँ ।’ नेपाल सरकारले हल बन्द गर्ने सुचना निकाले पनि तुरुन्‍तै हल बन्द गर्ने मधुसुधनले बताए ।

अहिले हलमा दर्शकको उपस्थिती निकै न्युन रहेको छ । यो साताको शुक्रबारबाट भने बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’ रिलिज हुदैँछ । यस चलचित्रले हलमा भिड जम्मा गर्नेमा शंका छैन । तर, मधुसुधन यस चलचित्र रिलिज हुने वा नहुने भन्ने विषयमा निश्चित नभएको बताउँछन् । उनले भने, ‘हामीलाई यो चलचित्र रिलिज हुने भन्ने विषयमा कुनै जानकारी आएको छैन । त्यसैले रिलिज नहुन पनि सक्छ ।’

यदी हल बन्द नभए र ‘बाघी ३’ हलमा रिलिज भएको खण्डमा हलमा विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । प्रतिक्षित चलचित्र भएका कारण यस चलचित्रमा दर्शकको भिड उर्लिनेछ । यस कुरामा पनि छलफल भइरहेको मधुसुधनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment